October 29, 2020, Thursday
२०७७ कार्तिक १३

भारतले सिमा मिचेर सडक बनाएकाे प्रति जनसम्पर्क समिति माल्टा द्वारा भत्सर्ना

1.5K

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बत स्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको बारे नेपाली जनसम्पर्क समिति माल्टाले घाेर भत्सर्ना गरेको छ । शनिबार एक विज्ञप्ति जारि गर्दै माल्टा समितिले गम्भीर आपत्ति जनाइएको हाे ।भारतले गरेको सीमा अतिक्रमण र नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषय सुल्झाउन नेपालका तर्फबाट भारत सरकारसँग परिणाममुखी कुटनीतिक संवाद नहुनु दुःखदायी कुरा भएको विज्ञप्तिमा भनिएको छ ।जनसम्पर्क समिति माल्टाका प्रवक्ता बिकेश घिमिरे द्वारा जारि विज्ञप्तिमा भनिएको छ ,भारतबाट बारम्बार सीमा अतिक्रमणका घटना हुनुमा हाम्रो ‍कुटनीतिक कमजोरी पनि उत्तिकै जिम्मेवार छ।

आफ्नो भूभागमा छिमेकी मुलुकले सडक निर्माण गरेर उद्वघाटन गर्दासम्म नेपाल सरकार बेखवर रहेको देखिनु अत्यन्तै विडम्वनापूर्ण स्थिति भएको विज्ञप्तिमा उल्लेख छ । साथै तत्काल नेपाल सरकारले कुटनैतिक पहल मार्फत भारत सरकारलाई उक्त सम्पूर्ण कदम फिर्ता लिन पहल गर्न पनि जनसम्पर्क समिति माल्टाले आग्रह गरेको छ ।

भारत सरकारकाे लगातारका यस्ता कदम अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता माथिको ठाडो हस्तक्षेप भएको भन्दै विश्वभर रहेका नेपालीहरुले निन्दा गर्नुपर्ने जनसम्पर्क समिति माल्टाका महामन्त्री उज्वल केसीले बताए । हामीले सधैं भारतकाे हेपाहा प्रवृत्ति सहदै आएकोले बेला बेला यस्ता हर्कत दाेर्याउदै आएको केसीकाे भनाइ छ । युरोप भरि बाट मात्रै हाेइन आफ्नो मातृभूमि भारतीले मिच्दा विश्वभर बाट नेपालीहरुले आपत्ति जनाएको महामन्त्री केसीले बताए ।

Recent Update