April 19, 2021, Monday
२०७८ बैशाख ६

अस्ट्रेलियामा बन्यो गुगल र फेसबुकले समाचार प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने कानुन

77

काठमाडौं- अस्ट्रेलिया सरकारले गुगल र फेसबुकले समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने प्रावधान राखिएको कानुन पारित गरेको छ।इन्टरनेटमा प्रविष्ट हुने सामग्री नियमन गर्नुपर्ने आवाज उठिरहँदा अस्ट्रेलियाले मूल्यको नियमन गर्ने प्रयास थालेको हो। फेसबुक र गुगलले भने यो कानुनको विरोध गरिरहेका छन्।

यसअघि फेसबुकले अस्ट्रेलियामा न्यूज फिडमाथि प्रतिबन्ध लगाएको थियो। अस्ट्रेलियाबाट र अस्ट्रेलिया ठेगाना भएका व्यक्तिलाई समाचार लिंक सेयर गर्न र हेर्न नमिल्ने बनाइदिएको थियो।

कानुनमा परिवर्तन गर्ने अस्ट्रेलिया सरकारको भनाइसँगै अघिल्लो साता बिहीबारदेखि लगाइएको प्रतिबन्ध मंगलबार फुकुवा भएको थियो। 

ठूला प्रविधि कम्पनी र समाचार उत्पादन गर्ने संस्थाबीच समाचार सामग्रीको मूल्यबारे ‘न्यायोचित संवाद होस्’ भन्ने नयाँ कानुनको उद्देश्य रहेको अस्ट्रेलिया सरकारको दाबी छ।