April 18, 2021, Sunday
२०७८ बैशाख ६

आज देशभर ११२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

69

काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ३,६९२ नमुना परीक्षणमा ११२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला ५२ र पुरुष ६० जना रहेका छन् । आज थपिएका ११२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७३ हजार ८७२ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ८४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७० हजार २२३ पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी १ जना कोरोना संक्रमितको निधन भएको छ । आज थपिएका १ जनासँगै हालसम्म ज्यान गुमाउनेको संख्या २ हजार ७६७ रहेको छ ।

मन्त्रालयका अनुसार विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा प्राप्त भएको विवरण अनुसार थपिएका ८३ जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या २ हजार ७६७ पुगेको छ ।

त्यसैगरी देशैभरीका विभिन्न क्वारेन्टिनमा रहनेको संख्या ६६ रहेको छ ।
मन्त्रालयका अनुसार हालसम्म विभिन्न संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ८८२ रहेको छ ।

त्यसैगरी हालसम्म पिसिआर प्रविधिबाट गरिएको नमुना परीक्षणको   संख्या २१ लाख ५३ हजार ६३६ पुगेको छ ।