April 18, 2021, Sunday
२०७८ बैशाख ५

फान द्वारा मानव अधिकार रक्षक बन्न इच्छुकको लागि आवेदन माग

192

मानव अधिकार ,सामाजिक न्याय र सुशासनको क्षेत्रमा काम गर्दै आएको एक गैरसरकारी संस्थाले ७७ जिल्लामा मानव अधिकार रक्षक र सात प्रदेशमा संयाेजककाे लागि फेरि विज्ञापन आह्वान गरेको छ । गत माघ १ गते गरेको विज्ञापनमा अपेक्षाकृत आवेदनहरु नआएपछि फेरि संस्थाले १ हप्ताको म्याद दिएर विज्ञापन गरेको छ ।काठमाडौंमा केन्द्रीय कार्यालय रहेको फ्रिडम फर अल नेपाल (फान) नामक संस्थाले आफ्नो कार्यक्षेत्र देशभर विस्तार गर्दै उक्त संख्यामा प्रतिनिधि तथा संयाेजकहरु माग गरेको हाे ।

जिल्ला प्रतिनिधिकाे हकमा न्युनतम कक्षा १२ पास गरेको र मानव अधिकार तथा सामाजिक न्यायकाे क्षेत्रमा काम गरेको स्वयंसेवक भावना भएको हुनुपर्ने संस्थाले जनाएको छ ।यस्तै प्रदेश संयाेजककाे हकमा स्नातक पास गरेको र सम्बन्धि क्षेत्रमा अनुभव भएको हुनुपर्ने छ ।
इच्छुकले आगामी एक हप्ता भित्र नागरिकताकाे प्रतिलिपी र बायाेडाटा सम्बन्धित इमेलमा पठाउन सक्नेछन् ।यस्तै प्रारम्भिक चरणमा छनाैट भएपछि संस्थाले जानकारी गराउने बताइएकाे छ ।यस अगाडि आवेदन दिएकाहरुले भने पुनः आवेदन दिनुपर्ने छैन ।