April 19, 2021, Monday
२०७८ बैशाख ६

नेपाल प्रहरीका १ सय २१ जना हवल्दारमा बढुवा

8.4K

प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी हवल्दार पदमा एक सय २१ जनालाई बढुवा तथा पदस्थापन गरेको छ ।प्रहरी उपरीक्षककाे फागुन ११ गतेकाे निर्णय अनुसार प्राविधिक प्रहरी समूह अन्तर्गत इन्जिनियरिङ उपसमुह संचार तर्फका प्रहरी जवान पद बाट प्रहरी हवल्दार पदमा बढुवा एक सय २१ जनालाई बढुवा गरेको हाे ।साथै निजहरूको पदस्थापन पनि गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रचलित नियम अनुसार तलब भत्ता तथा रासन समेत हाल पदस्थापन भएको दरबन्दी बाट खान पाउने गरि पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको हाे ।बढुवाको नामावली तथा पदस्थापनकाे विस्तृत विवरण यहाँ छ।