March 1, 2021, Monday
२०७७ फाल्गुन १७

अलग्गै पहिचान, नेपालकाे शान र उच्च स्थान

831

आदर्श केसी



हाम्रो मौलिक जीवनशैली संसारमै पृथक छ । हाम्रा मानवीय सद्भावले हामीमा आउने अनेकौ संकटमा आपसी सहयोग र सद्भावको विकास गराउदै आएको परम्परा हामीमा छन्। प्रंसग, विश्वब्यापि महामारीका रुपमा फैलिएको कोरोना संक्रमणको हो। यस महामारीका लागि नेपालमा गरिएका सबैजसो प्रयासहरु निकै रचनात्मक र उत्कृष्ट छन । हाम्रो खानपान र जीवनशैलीले यो महामारीलाई प्रतिरक्षा गर्न थप मद्दत गरेको अनुभुती हामीमा छ । अभाव र जोखिममा परेकाहरुलाई सरकारी निकायवाट मात्र नभएर निजि र सामुहिक रुपमा पनि विभिन्न सहयोग, उपचार र उद्धारहरु भैरहेका छन् । स्वस्फूर्त रुपमा भैरहेका मानवीय सहायताका लागि विभिन्न प्रयासहरु निक्कै अनुकरणीय छन । महामारीले फेरी पनि हामीलाई मानवीय सहकार्य गर्न र नेपाली मौलिकताको पहिचान गराउन उत्प्रेरित गरेको छ ।

यसैले त मलाई ठुलो अपेक्षा छ नेपालमा कोरोना भाइरसबाट एक जनाको पनि निधन भएको खवर संप्रेषण हुने छैनन । यो लेख तयार पार्दा सम्म संक्रमितको संख्या एक सय १० पुगेको भए पनि कोरोना महामारीको लडाइवाट विजयी भएर घर फर्कनेहरुको संख्या ३१ पुगेको छ । यो संख्या दिनहु जसो वढिरहेको छ र वढिरहने छ । देशका विभिन्न ठाउँका ७९ जनाको सामान्य स्वास्थ अवस्थामै उपचार भैरहेको छ । यहि कारणले विस्तारै नेपालीहरुको मनोवल पनि बढि रहेको छ । कोरोना भाइरसबाट बच्न नियमहरु पनि इमानदारीपूर्वक अपनाइएका छन ।यसो त हाम्रा मौलिकताहरुले यस महामारीवाट बच्नका लागि थप योगदान गरेका छन र यसको सिको विश्व ब्यापी रुपमा गरिदै छ । सामाजिक दुरि र भेटघाटका क्रममा गरिने नमस्कार सहितको अभिवादन हाम्रो स्वागत र सम्मान यो समयमा खास सार्थक सावित हुदै छन ।

हाम्रो देश नेपाल अरु देश जस्तो शहरमा मात्रै निर्भर छैन । गाउँहरु पनि बैकल्पीक सम्भावनाहरु पनि छन । गाउँमै पनि उत्पादन राम्रो हुने भएकाले आत्मनिर्भरताका लागि कैयौँ उपायहरु पनि छन । समयमै लकडाउन भएको हुदाँ मानिसहरु गाउँ फर्केर धमाधम कृषि उत्पादन लगायतका ब्यबसायीक कामहरुमा जाेडिसकेका छन । विभिन्न सेवा र सुविधाका लागि शहर पसेकाहरु गाउँमा फर्केर धमाधम ब्यावसायीक कामको थालनी गर्दै छन्। शहरमा लकडाउन छ भने गाउँमा यसको प्रभाव सामान्य मात्रै छ ।

शहर र विदेशवाट फर्केकाहरुवाट महामारीको संत्रास भएपनि अरु त्यस्तो कुनै असर छैन । त्यसैले नेपालको आधा जनजीवन यतिबेला पनि आफनै कर्ममा ब्यस्त छन्। यो विश्वब्यापी संकटले गाउँ र शहर विचको सद्भाव वढाएर गाउँको दिगो विकासका लागि थप जागरण ल्याउने छ ।विदेश र शहरवाट फर्केकाहरुले गाउँमै नयाँ विकल्पहरु खोज्ने छन र स्वदेशमै रोजगारीले नेपाललाई आत्मनिर्भतामा वृद्धि गरि नेपाल लाई विकसित गर्न थप योगदान गर्ने छ । यसले नेपालीहरु अब ठुलो आशा र उत्साहको संचार हुनेछ । नेपाली भुमिमा भएका बहुमुल्य जडिबुटिहरुले हाम्रो रोग प्रतिरक्षा प्रणालीलाई अझै वलियो वनाउने छ र विश्व मै कोरोना भाइरस उपचारमा नेपालको पद्धति उत्कृष्ट हुनेछ । यसको सकरात्मक संकेत विश्व स्वास्थ संगठनले नेपाललाई उच्च जोखिमको सुचिबाट तल झारेको छ ।

कोरोना भाइरस संक्रमण भएका देशहरुमा संक्रमण दर र मृत्युदर नियन्त्रण भन्दा बाहिर छ । छिमेकी मुलुक भारतमा कोरोना बाट निधन हुने र संक्रमित हुनेको संख्या उच्च छ । भारतसग सिमा जोडिएका जिल्लामा संक्रमित संख्या बढि भए पनि त्यस्तो भयावह अवस्था हाम्रोमा छैन । सबैभन्दा खुसिको कुरा संक्रमितहरुको स्वास्थ अवस्था सामान्य हुनु र उपचार पछि घर फर्कनु र कसैको अहिलेसम्म निधन नहुनु हो ।नेपाली मौलिक जीवनशैली र अर्गानिक खानपानले कयौँ संक्रमनहरुवाट सजिलै वच्न हाम्रो राेग प्रतिराेधात्मक क्षमता बलियो हुने गरेको चर्चा संसार भर फैलदै छ । हाम्रो खानपान र जीवनशैली कोरोना भाइरस नियन्त्रणमा पनि उत्कृष्ट हुदै जाने अपेक्षा छ । यस संकटमा स्वरोजगारी र गाउँको उर्वरता सदुपयोग बाट गर्न सकिने सम्भावनाले गर्दा म नेपालको भविष्य उज्वल देख्छु । यहि गतिमा अगाडि बढे चाडैं नेपालले कोरोना उपचार पद्धति मा नयाँ आविस्कार तयार गर्ने छ भन्ने विश्वास म सग छ । यहाँको उपचार पद्धति र नेपाली जिवनशैली विश्वकै लागि अनुशरण गर्न लायक होस ।

नेपाली भुमिमा रहेका वहुमुल्य जडिवुटिले औषधी उत्पादन गर्न र नेपाली उत्कृष्ट उपचार पद्धतिले नेपाल मेडिकल पर्यटनमा समेत विश्वको गन्तब्य बनाेस । जसरि नेपाललाई गौतम बुद्ध र श्रीपशुपतिनाथ, सगरमाथा र विर गोर्खालिहरुको गौरवमय इतिहासले विश्वमा चिनाएका छन त्यस्तै कोरोना उपचारमा सफलता र नेपाली आत्मनिर्भताका लागि गरिएका प्रयासहरुले नेपाल फेरि विश्वमा प्रख्यात होस । यसको लागि हाम्रो उपचार पद्धति ,हाम्रा उत्कृष्ट चिकित्सक तथा नेपालमै उत्पादन भएको ओैषधिले काम गरोस । शक्तिशाली देश र नाम चलेका अस्पतालहरुमा कार्यरत नेपाली चिकित्सकहरु पनि संकटको घडिमा नेपाल र नेपालीको उच्च पहिचान बनाएर काम गरून् ।

यी र यस्ता कार्यले केही वर्ष अगाडि बाट चलेको नेपाल मेडिकल पर्यटनको कुरा यस पटकको विपद् ब्यबस्थापनको उत्कृष्टताले सार्थकता पाओस । यतिबेला राज्यले स्वास्थ क्षेत्रमा थप लगानी गर्नुपर्छ । अन्य क्षेत्रमा गरिने लगानी पनि स्वास्थ क्षेत्रमा बृद्वि गरिनु पर्छ । स्वास्थ्यकर्मीहरुको मनोवल बढाउन सेवा सुविधामा बृद्वि र पुर्वाधारमा विकास गरिनुपर्छ । यतिबेला स्वास्थ क्षेत्रको विकास गर्ने अवसर र समय पनि हो ।यसका साथै यो महामारी पछि सबै सरोकारवालकोे सामुहिक साझेदारीमा शहर गाउँ विचको सामिप्यता वढाउन थप प्रयास होस । विदेश र शहरवाट गाउँ झरेकाहरुलाई गाउँमै कर्म गर्न आवश्यक ब्यबस्थापन होस । हार्दिक शुभकामना, शुभेच्छा र हाम्रो अपेक्षा पनि ।