April 18, 2021, Sunday
२०७८ बैशाख ५

बाल विवाहको आरोपमा बेहुला–बेहुलीसहित तीनजना प्रहरीको नियन्त्रणमा

117

बाल विवाहको आरोपमा वीरगञ्जबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । १८ वर्ष पुरा नभएकी बालिका र १९ वर्षका किशोरले स्थानीय भुटनदेवी मन्दिरमा विवाह गरेका थिए ।

वीरगञ्ज महानगरपालिका–१७ बस्ने किशोर गुड्ड सर्राफ, ४६ वर्षीय कृष्ण सर्राफ र बालिकालाई पक्राउ गरिएको पर्साका एसपी बेलबहादुर पाण्डेले बताए । कृष्णले छोरा गुड्डु र बालिकाको बीचमा माघ १९ मा विवाह गराएका थिए ।

बालिकाको आमाले ‘छोरी हराएको’ निवेदन दिएपछि खोजतलास गर्दा गुड्डुसँग विवाह गरेको खुलेपछि उनिहरुलाई पक्राउ गरिएको एसपी पाण्डेले बताए । मुलुकी अपराध संहिताको दफा–१७३ अनुसार २० वर्ष पुरा नभई विवाह गर्न पाइँदैन । गुड्डु सर्राफविरुद्ध जबर्जस्ती करणी मुद्धा पनि आकर्षित हुन्छ ।