April 18, 2021, Sunday
२०७८ बैशाख ५

विप्लव समूहसँग सहमति हुने प्रधानमन्त्रीको दाबी

73

प्रधानमन्त्री ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै गर्दा ओलीले ‘शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्नेछौं ।’ उनले समाधानको कार्यक्रम सम्भावतः छिट्टै हुने समेत बताएका हुन् ।

विप्लव समूहलाई विध्वंसात्मक गतिविधि लागेको भन्दै सरकारले २०७५ फागुन२८ देखि  प्रतिबन्ध लगाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजन भएसँगै ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले विप्लवसँग वार्ता गर्न संवादलाई अघि बढाएका छन् । प्रतिबन्धित पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले पनि आफूहरु वार्ता गर्न तयार रहेको बताएका छन् ।