July 31, 2021, Saturday
२०७८ श्रावण १६

नेपालमा काेराेना भाइरस संक्रमितको संख्या एक सय ३४ पुग्यो

573

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।याे सगै नेपालमा काेराेना भाइरस संक्रमितको संख्या एक सय ३४ पुगेको पनि मन्त्रालयले जनाएको छ । नयाँ संक्रमित १३ जनाकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हाे ।कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका- ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍- ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का  २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।बर्दिया कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।