April 19, 2021, Monday
२०७८ बैशाख ६

चर्चामा रुकुमको हान माया चौका दाउ हुकुमको

440

बिजय चन्द दर्पणले पछिल्लो पटक ल्याएको चौका दाउ लोक दोहोरी गितले यति बेला बजार लिएको छ । मौलिक शब्द र स्वर तथा संगितमा मिठास रहेको सो गितले यति बेला युटुब मात्र होइन हरेकका टिकटकमा पनि उत्तिकै छाएको छ ।


चर्चित गायिका शान्तीश्री परियार र बाबुकृष्ण परियारको स्वरमा सजिएको सो गितले नेपाली लोक गित क्षेत्रमा फरक पहिचान बनाउन सफल भएको जानकारहरु बताउँछन् । मिठो स्वरकी धनी शान्तीश्रीले गाएका हरेक गित उत्तिकै चर्चित हुने भएपनि यस गितमा पनि झनै चर्चा कमाउने गित संगित क्षेत्रका जानकारहरुको दावी छ । मध्यपश्चिम क्षेत्रको धार्मिक ऐतिहासिक ठाँउ रुकुम पश्चिमको डिग्रे शाईकुमारीको समेत नाम लिइएको छ ।


“तिम्रो हुन पाइन भने रहन्न म जिउँदो, शाईकुमारी डिग्रे साँची रंगाइदेउ न सिउँदो, ।। रुकुमको, रुकुमको हान माया चौका दाउ हुकुमको” यो गित बिजय चन्द दर्पणको युटुब च्यानलबाट सार्वजिक भएको छ । सो गितमा संगित बाबुकृष्ण परियार, संगित संयोजन सुनिल परियार , अभिनय, सुनिल क्षेत्री र गिता ढुंगानाले गरेका छन् भने निर्देशण सुनिल क्षेत्रीले गरेका छन् ।