April 18, 2021, Sunday
२०७८ बैशाख ६

भारतकाे विरोधमा उत्रिएका दर्जनौं युवाहरु पक्राउ

158

भारतले लिपुलेक अतिक्रमण गरि नेपाली भुमिमा सडक निर्माण गरेको विरोधमा आन्दोलनमा उत्रिएका युवा नेताहरुलाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ ।
साेमबार प्रहरीले काठमाडौका विभिन्न स्थानहरु बाट नेपाल बिद्यार्थी संघका अध्यक्ष सहित दर्जनौं विद्यार्थी नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको हाे ।प्रहरीले पटक पटक गरी नेबिसंघका १५० जना नेता कार्यकर्ता पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको छ ।

सोहि आन्दोलनमा काठमाडौं जेसिजका कार्यकारिणी उपाध्यक्ष अनुप सुनुवार सहित उनका केहि साथीहरु पनि पक्राउ परेका छन् । उनीहरु लगाएत सबैलाई माइतीघरबाट सोमबार दिउसो प्रहरीले पक्राउ गरेको थियो ।उनीहरूलाई मंगलबार विहान सम्म पनि प्रहरीले रिहाइ गरेको छैन ।

भारतले यसअघि लिपुलेकसहितको नेपाली भूमि समेटेर नक्सा बनाएको र हाल उक्त क्षेत्रमा सडक बनाउँदै उद्घाटन गरेपछि त्यसविरुद्ध व्यापक विरोध भइरहेको छ ।