April 18, 2021, Sunday
२०७८ बैशाख ५

नागरिक र प्रहरी बिच मैत्रीपुर्ण भलिबल प्रतियोगिता

178

जिल्ला प्रहरी कार्यालय कास्कीको कार्ययोजना अन्तर्गतको “A New beat to walk” अन्तरगत ‘स्वास्थ्य, अनुशासन, एकता र सद्‌भावको लागि खेलकुद’ भन्ने मूल नाराका साथ जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा ‘समुदाय र प्रहरी बिच मैत्रीपुर्ण भलिबल प्रतियोगिता’ कार्यक्रम सम्पन्न गरिएको छ ।

नागरिक र प्रहरी बिच आपसी सद्‍भाव, सहकार्य, सहयोग र बिश्वासको भावना बिकास गर्ने उद्देश्य अनुरुप ‘समुदाय र प्रहरी बिच मैत्रीपुर्ण भलिबल प्रतियोगिता’ कार्यक्रम सञ्चालन गरिएको हो । उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र बगर, हेम्जा, लेखनाथ र नेपाल प्रहरीको ३ वटा टिम गरी जम्मा ६ वटा टिम सहभागी थिए भने खेलमा नेपाल प्रहरी अन्तर्गत गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको टिम प्रथम तथा सामुदायिक सेवा केन्द्र बगरको टिम द्वितीय स्थान हासिल गर्न सफल भएको थियो ।

कार्यक्रममा प्रथम, द्धितिय स्थान हासिल गर्न सफल हुने टिम र खेललाई निस्पक्ष, अनुसाशित एंव मैत्रीपुर्ण तरिकाले सम्पन्न गराउने रेफ्रीहरूलाई जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ ज्यूले सधन्यवाद प्रमाणपत्र र पुरस्कार बितरण गर्नुभई खेलमा सहभागी खेलाडी तथा सामुदायिक सेवाकेन्द्रका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।