April 18, 2021, Sunday
२०७८ बैशाख ५

इसेवा बनाइदिन्छु भनेर पैसा यताउता बनाउदै ठग्ने एकजना पक्राउ

86

दाङ प्रहरीले अनाधिकृत रुपमा इसेवाकाे आइडि बनाइ ठगि गर्दै हिड्ने एकजनालाई पक्राउ गरेको जनाएको छ ।आशिष खड्का ,२३ बर्षका दाङ तुल्सिपुर वडा ४ घर भई हाल काठमाडौ बसाेबास गर्दै आएका उनलाई प्रहरीले अनुसन्धानकाे क्रममा पक्राउ गरेको हाे ।

पिडितहरुको बारेमा पुर्ण जानकारी लिई भेटघाट गरी बिभिन्न बहाना बनाई निजहरुले चलाउदै गरेका कम्प्यूटर, ल्यापटप, मोबाईल हेरी उक्त Device बाट Google Account को password थाहा पाई पीडितहरुको Esewa id खोली fake Gmail Account Create गरी पीडितको Esewa ID मा आफ्नो अनाधिकृत रुपमा पहुँच पुर्‍याई रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हाे ।

अन्य व्यक्तिको नामको खाता लगायत E-sewa समेतमा रकम रकमान्तर गरी अनलाईन ठगी गरेको भन्ने व्यहोराको उजुरी काठमाडौ प्रहरी महाशाखामा आएको समेत प्रहरीले जनाएको छ ।