December 6, 2021, Monday
२०७८ मंसिर २०

५७ जना नयाँ थप, नेपालमा काेराेना संक्रमित संख्या एक सय ९१ पुग्यो

1.2K

मंगलबार नेपालमा एकैदिन ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्। जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्।


उनीहरू सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अब नेपालमा काेराेना संक्रमितकाे संख्या एक सय ९१ पुगेको छ ।संक्रमित सबैको स्वास्थ सामान्य रहेको बताइएको छ ।