April 18, 2021, Sunday
२०७८ बैशाख ५

सशस्त्र प्रहरी अस्पतालमा एमआरआई तथा एचडियू सेवाको सुरुवात

145

सशस्त्र प्रहरी अस्पतालमा एमआरआई तथा एचडियू सेवाको सुरुवात भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा नवनिर्मीत एमआरआई तथा एचडियू सेवाको सोमबार उद्घाटन गरेका छन् ।सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल एपीएफ अस्पताललाई सहयोग पु¥याएकोमा कोभिड–१९ निर्देशन समितिका अध्यक्ष तथा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ चिकित्सक डा. रोशन पोख्रेल तथा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट) का शंकर ढकाललाई प्रसंसापत्र प्रदान गर्नुका साथै कोभिड–१९ महामारीको समयमा नेपाल एपीएफ अस्पतालमा कार्यरत रहि कोभिड–१९ संक्रमित तथा अन्य विरामीहरुको आकस्मिक तथा नियमित स्वास्थ्य उपचारमा अहोरात्र परिचालित भई स्वास्थ्य उपचारमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल एपीएफ अस्पतालका १ सय १६ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई समेत प्रसंसापत्र प्रदान गरेमन छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले कोभिड–१९ महामारीको समयमा सो अस्पतालबाट प्रदान गरिएको स्वास्थ्य उपचार सेवाको विभिन्न निकायहरुबाट प्रसंसा भइरहेको स्मरण गर्दै सशस्त्र प्रहरी बल, नेपालका स्वास्थ्यकर्मीहरुले सो महामारीको समयमा किञ्चित विचलित नभई उच्च मनोबलका साथ अहोरात्र खटिएर स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा देखाएको पूर्ण व्यावसायीकताको मुक्तकण्ठले प्रसंसा गरे ।

उनले नेपाल एपीएफ अस्पतालको स्तरोन्नतीका लागि आपूmहरु सुरुदेखि नै सो अस्पताललाई राष्ट्रियस्तरको अस्पताल बनाउने सोचका साथ कृयाशिल रुपमा अगाडी बढिरहेको चर्चा गर्नुहुँदै हालै थपिएको एमआरआई, एचडियू र गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवाबाट गम्भिर प्रकृतिकारोगहरुको बेलैमा पहिचान तथा थप उपचारमा विशेष योगदान पुग्ने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अस्पतालका स्वास्थ्यकर्मीहरुलाई राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु, उनीहरुका परिवारजन, मानव सेवा आश्रममा आश्रित बृद्धबृद्धाहरु, विद्यार्थी लगायत सर्वसाधारण नागरिकलाई उत्कृष्ट स्वास्थ्य उपचार सेवा प्रदान गर्न दत्तचित्त भई निरन्तर कृयाशिल रहन निर्देशन दिएको सशस्त्र प्रहरीको समाचार शाखाले जनाएको छ ।