October 28, 2020, Wednesday
२०७७ कार्तिक १३

पत्रकार महासंघ दक्षिण काेरिया द्वारा पत्रकारलाई अदृश्य धम्की दिएको भन्दै आपत्ति

1.2K

नेपाल पत्रकार महासघ दक्षिण काेरियाले ब्यक्तिगत फेसबुक स्टाटसहरुलाई लिएर पत्रकारहरुलाई त्रास नदिन एनआरएनएका पदाधिकारीहरुलाई अनुरोध गरेको छ ।केही समय अगाडि एनआरएनए दक्षिण काेरियाका जिम्मेवार पदाधिकारीहरुले पत्रकार महासघ दक्षिण काेरियाका केही पदाधिकारिहरुकाे फाेटा फेसबुकमा अपलाेड गरि विभिन्न टिप्पणीहरु गरेपछि महासघंले गम्भीर ध्यानाकर्षण भएको बताएको हाे ।

मंगलबार अध्यक्ष रञ्जन कुवर र महासचिव मीन विक द्वारा जारि विज्ञप्तिमा भनिएको छ, हाम्रा पत्रकार मित्रहरुको व्यक्तिगत फेसबुक स्टाटस र केहि समाचारलाई लिएर एनआरएनए दक्षिण कोरियाका केहि पदाधिकारी लगायतले सम्पुर्ण पत्रकारलाइ लक्षित गर्दै सामाजिक संजालको दुरूप्रयोग गरि बेईज्जत गर्ने,अति तुच्छ शब्द प्रयोग गरि गाली गलौज गर्ने,धम्कि दिने,गम्भीर प्रकारका मिथ्या आरोप लागाउने, स्वतन्त्र पत्रकारिताको खिल्ली उडाउने,पत्रकारहरुको मनोवल गिराउने जस्ता गरेका क्रियाकलापहरु प्रति नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको गम्भीर ध्यानाकर्षण भएको छ ।

यस्तै प्रकाशित र प्रसारित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसको कानुनी उपचार खोज्ने विकल्प हुँदाहुँदै जिम्मेवारी संस्थाका जिम्मेवार व्यक्तिबाट भएको यस्ता गैरजिम्मेवारपूर्ण कार्यले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको पत्रकार महासंघ कोरियाको ठहर गरिएको पनि पनि विज्ञप्तिमा जनाइएकाे छ ।

साथै पत्रकारले लेखेका कुनै कुरामा चित्त नबुझे संबाद बाट समाधानमा लाग्नुको साटो चार्टर विमान भाडा महङगो भयो भनेर लेखेकै भरमा,समाचार सेयर गरेकै आधारमा फोटो सहित सामाजिक संजालमा पोष्ट गरेर तथा नाम लेख्दै चरित्र हत्यामा उत्रनु एन.आर.एन.जस्तो गरिमामय पहिचान बोकेको संस्थाको जिम्वेवार पदमा आसिन व्यत्तिका लागि पक्कै पनि यो सोभनिय विषय होइन विज्ञप्तिमा उल्लेख छ ।

सहि आलोचना र सुझावलाइ हाउँ गुजिको रुपमा नलिई मार्गदशकको रुपमा लिएर अगाडि पाइला चाल्दा सबैलाई फाइदा पुग्ने भएकाले गलत क्रियाकलापमा संलग्न व्यक्तिहरुले यसलाइ सुझावको रुपमा ग्रहण गर्दै कोरियामा रहेको नेपालीहरुको एकतालाई थप मजबुत बनाउन मद्दत गर्नुहुनेछ भन्ने अपेक्षा राखेकाे समेत विज्ञप्तिमा जनाइकाे छ ।

Recent Update