June 23, 2021, Wednesday
२०७८ असार ९

नेकपा कर्णाली प्रदेश कार्यालयमा माओवादी केन्द्रको बोर्ड

61

नेकपा कर्णाली प्रदेश कार्यालयमा नेकपा माओवादी केन्द्रको बोर्ड राखिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश कार्यालयको पुरानो बोर्ड निकालेर कार्यकर्ताले नेकपा (माओवादी केन्द्र) सुर्खेतको बोर्ड टाँगेका छन् ।

सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जिल्ला कार्यालयहरुमा नेकपाको साइनबोर्ड हटाएर एमाले र माओवादी केन्द्रको बोर्ड राख्न थालिसकेका छन् ।

तत्कालीन नेकपा माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जीसीले जिल्ला पार्टी कार्यालयमा बोर्ड राखेर सर्वोच्चको फैसला कार्यान्वयन गरिने बताए ।