June 23, 2021, Wednesday
२०७८ असार ९

कस्तो शक्तिशाली राजनीति ? महामारी त्रास समेत हराइदिने

339

मनाेज डाँगी

आउदो चैत ९ गते सम्भव काेराेना भाइरस नियन्त्रणकाे लागि नेपालले पहिलोपटक लकडाउन गरेको एक बर्ष पुग्दै छ ।विश्वव्यापी त्रासकाे हल्लाले हामी सबै नेपाली नराम्रो सँग प्रभावित भयौं ।काेराेनालाई सुरुमा जति त्रास र खतराकाे रुपमा लिइयो त्यसको तुलनामा अहिले मानिसहरुमा शून्य प्रतिशत पनि छैन ।

उतिबेला यहि त्रासका कारणले सर्वसाधारणले पाएकाे दुखकाे लेखाजोखा गरि साध्य छैन ।यहि विचमा पनि भ्रष्टाचार गर्ने हाम्रो गलत संस्कारकाे जति निन्दा गरेपनि कम हुन्छ ।महामारीको एक बर्ष समीक्षा गर्दै गर्दा महामारीको अवस्था वास्तवमा उहीँ हाे तर हामीले त्यसलाई जबर्जस्त जितिसकेका छाै ।आज कुनै पनि नेपाली नागरिकमा अनेत्र देश जस्तो काेराेनाकाे त्रास छैन ।

त्रास नहुनमा धेरै कारण छन ।हामीले दैनिक ज्याला मजदुरी गरेर हाम्रो दैनिक चलाउनुपर्ने हुन्छ सधै काेराेनाकाे कारणले डराएर मात्रै नहुने हुदा मानिसहरुले काेराेना त्रासलाई प्रतिकार गरे ।राज्यले नागरिकको स्वास्थ सुरक्षाको लागि भनेर अझै घातक प्रतिबन्धहरु लगाउन सक्थ्याे तर मानिसहरुकाे अवज्ञाकाे कारणले राज्य पनि पछि हट्याे ।

नागरिकले उक्त प्रतिबन्धहरु अवज्ञा गर्ने कारणहरु अरु पनि थिए ।जस्तै ठुला बडालाई,पहुँचवालालाई लकडाउनले नछुने तर सर्वसाधारण माथि मात्रै लादिन थालेपछि विद्रोहकाे संकेत देखिन्थ्यो । जसबाट बच्नकाे लागि प्रयासहरु थालियो ती प्रयासहरुका कारण उल्टाे झन नागरिकको ज्यान जाने भएपछि राज्यका प्रतिबन्ध केवल फगत सावित भए ।यस्ता फगत प्रयासहरुले राज्यलाई सिकाई तथा अनुभव पक्कै दिने छ ।

मैले फगत शब्द किन प्रयोग गरेको भने,देश यस्तो संटकपुर्ण अवस्थामा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु विभिन्न बाहनामा सडकमा जिन्दावाद ,मुर्दावाद भन्दै लस्कर लाग्दा तिनलाई काेराेना नसर्ने,तिनलाई प्रतिबन्धले असर नगर्ने ? अनि दुनियाँका बच्चाबच्चि विद्यालय पढन आउदा काेराेना सर्ने,एउटा मजदुर गिट्टी कुटन जादा काेराेना सर्ने ?कस्तो स्वास्थ रणनीति ,कस्तो सक्षम राज्य ,कस्ता इमानदार पाटी,कति उत्तरदायी नेता ? घटनाक्रम उतिबेलाका भएपनि यी प्रश्न यतिबेला सान्दर्भिक छन ।

राम्रोसँग लकडाउन अन्त्य नभए कै समय ,तत्कालीन नेकपा माधव प्रचण्ड समुहले सडकमा ओरालेकाे जात्राले झन अवस्थालाई सामान्य अवस्थामा पुर्याइदियाे ।त्यसको सिकाे तत्कालीन नेकपा केपि समूह र फाट्टफुट्ट नेपाली काँग्रेस तथा अन्य सानातिना पाटी र समुहले पनि त्यो लाइन समातेर सडकमा बाक्लो सहभागीता बढाए ।काेराेनाकाे डर मिच्ने काम पनि यी भेला र जुलुसले गरे ।त्यसपछि जनजिवन सामान्य तर्फ ढुक्कसँग अगाडि बढेकाे पनि मान्न सकिन्छ ।कस्तो शक्तिशाली राजनीतिक नशा ? जसले महामारी त्रास समेत हराइदियाे?

ठिक त्यतिबेला देखि मानिसहरुमा काेराेना केही हाेइन भन्ने विश्वास बढेर गयो ।अहिले दैनिक संक्रमण दर पनि सय मुनि छ ।यसको कारण मानिसहरुमा डर छैन अनि बेकार किन दुई हजार तिरेर परिक्षण गर्ने भन्ने छ ।हाल परिक्षण गरिरहेकाहरु विदेश जाने र अति डरमान्नेहरु मात्रै हुन,नत्र बाँकी सँग यसको डर छैन ।काेराेनाकाे खाेप भित्रीसकेको अवस्था तथा काेराेनाकाे केही डर छैन भन्ने विश्वास आदिले पनि मानिसहरुमा डर नभएको हाेला ।त्यसैले अझै पनि कहि कतै कुना कुनामा केही काेराेना बिरुद्धका केही प्रतिबन्धहरु कायम छन भने तुरुन्तै फुकाउ ।कत्ति पनि ढिला नगरि त्यस्ता प्रतिबन्धहरु अनिवार्य फुकुवा गर।

लेखक :मनाेज डाँगी हाम्रा खबर डटकम सँग आबद्ध छन ।