June 23, 2021, Wednesday
२०७८ असार ९

प्रचण्डको अफरमा देउवा सकारात्मक, जसपा द्विविधामा 

113

शेरबहादुर देउवासँग उनकै नेतृत्वमा काँग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनाउने र प्रधानमन्त्री केपी ओलीलाई बिदाइ गर्ने प्रयासमा पुष्पकमल दाहालले छलफल गरेका छन् ।

उक्त प्रस्तावमा देउवा सकारात्मक देखिएको जनाएको छ । देउवाले जसपाभित्रको राजनीतिक अवस्था बुझ्न दाहालसँग आग्रह गरेको र जसपा तयार भए तीन पार्टीको संयुक्त सरकार बनाएर अघि जान तयार रहेको सन्देश दाहाललाई दिएका छन् ।

जसपाका नेताहरुमा भने ओली नेतृत्वको सरकारमा रहने या विकल्पका रुपमा आउने सरकारलाई साथ दिने भन्ने द्विविधा देखिन्छ । जसपाका नेताहरुले सरकार गठनकै पेरिफेरीमा रहेर दुवै पक्षबाट ठोस प्रस्ताव नआएको बताएका छन् ।

तर, प्रधानमन्त्री ओलीले जसपाभित्रको राष्ट्रिय जनता पार्टी (राजपा) पक्षका नेताहरुसँग भित्री रुपमा गरेको भेटले पनि दाहाल–देउवालाई झस्काएको छ । जसपाभित्र पनि यो विषय सन्देहपूर्णरुपमा उठेको छ ।