January 17, 2022, Monday
२०७८ माघ ४

दक्षिण काेरियाकाे कम्पनीमा दुर्घटनामा परि एक नेपालीको निधन

3.6K

दुर्घटनामा निधन भएका अशाेक

दक्षिण काेरियाकाे थेगु शहरकाे एक कम्पनीमा काम गर्दै आएका एक नेपालीको दुर्घटनामा परि निधन भएको छ ।
बाग्लुङ जिल्ला गल्कोट नगरपालिका ११ रिघा साविक रिघा ७ मनेवापाट हाल काडमाडौँ निवासी वर्ष ४५ का (जय राम) अशोक श्रीसकाे कम्पनीमा काम गर्दै गर्दा निधन भएको नेपाली संघसंस्थाहरुले बताएका छन ।गएको ८ तारिख साँझ ६ बजे तिर उक्त घटना भएको हाे ।घटनाको विस्तृत विवरण खुलाइएको छैन ।

घटना बारे थप जानकारी लिइ सम्बन्धित पक्ष सँग कुराकानी भैरहेको नेपाली दुताबास साैलले जानकारी दिएको छ ।दक्षिण काेरियामा बेला बेला यस्ता दुर्घटनाहरु भएर नेपालीहरुले ज्यान गुमाउँदै आएका छन ।