June 30, 2022, Thursday
२०७९ असार १७

काेरियाले अवैधानिक श्रमिकलाई काेराेना चेक गर्दा कारबाही नगर्ने

616

काेरियामा बसाेबास गर्ने विदेशी वैधानिक तथा अवैधानिक सबै नागरिकलाई अनिवार्य काेराेना भाइरस परिक्षण गर्न काेरिया सरकारले अनुरोध गरेको छ ।दक्षिण काेरियामा काेराेना संक्रमण दर घटेपनि विदेशी नागरिकमा संक्रमण बढेकाे भन्दै काेरियाले विदेशी नागरिकको लागि अनिवार्य काेराना परिक्षण गर्न सुरु गरेको छ ।नेपाली राजदुतावास साैलका अनुसार काेरियाकाे कानुन मन्त्रालयले दुताबासलाई एक पत्र लेखेर वैध तथा अवैध सबै श्रमिकहरुलाई काेराेना परिक्षणमा सहभागी गराइदिन अनुरोध गरेको छ ।

काेराेना परिक्षणकाे क्रममा अवैधानिक तथा वैधानिक कुनै नछुट्याउने समेत काेरियाले प्रस्ट पारेको छ ।परिक्षणकाे क्रममा अवैधानिक श्रमिकलाई उक्त समयमा कुनै कारबाही तथा पक्राउ नगरिने काेरियाले बताएको छ ।काेरिया सरकारकाे अनुरोधलाई पालना गर्दै दुताबासले सम्पुर्ण नेपालीलाई काेराेना परिक्षणमा सहभागी हुन अनुरोध गरेको छ ।