June 23, 2021, Wednesday
२०७८ असार ९

अध्यादेश खारेज हुनुपर्ने माग गर्दै संसद सचिवालयमा सूचना दर्ता

88

पुनस्र्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दै छ । पहिलो दिनको प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषद सम्बन्धी अध्यादेशको बिरोध गर्दै कांग्रेस र जसपाले सदन अवरुद्ध गरेपछि संसद बैठक ३ दिनका लागि पर सारिएको थियो ।

आजको बैठकअघि नै नेपाली कांग्रेस र जसपाले उक्त अध्यादेश खारेज गर्न माग गर्दै सूचना दर्ता गराएका छन् । आज दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ । त्यसअघि नै कांग्रेस र जसपाका सांसदले अध्यादेश खारेज हुनुपर्ने सूचना दर्ता गराएका छन् ।

काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका यशोदा सुवेदी, टेकबहादुर बस्नेत, दुर्गाकुमारी विक, सन्तकुमार थारू तथा जनता समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण र मोहम्मद इस्तियाक राईले अध्यादेश खारेज हुनुपर्ने मागसहितको सूचना दर्ता गराएका छन् ।

सूचना दर्ता भएकाले आज सदन सुचारु हुने कांग्रेसले जनाएको छ । सरकारले गएको मंसिर अन्तिममा जारी गरेको अध्यादेश पारित हुन नदिने रणनीतिमा जसपा र कांग्रेस छन् । त्यसमा माओवादीले साथ दिएमा अध्यादेश फेल हुन्छ ।