June 30, 2022, Thursday
२०७९ असार १७

तीन किलो गाँजासहित एक जना पक्राउ

195

वीरगंज महानगरपालिका-११ बाट करिब ३ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सोही महानगरपालिका-१८ बस्ने १९ वर्षीय प्रिन्स पटेल रहेका छन् ।

ना.४६ प ५३२९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त गाँजा सहित फेला पारी मोटरसाइकल चालक पटेललाई पक्राउ गरेको हो ।