April 19, 2021, Monday
२०७८ बैशाख ६

सट मुभि ‘टिकटक स्टार रिलिज

84

कलाकार मनोज खड्का, अनुजा सिंहको मुख्य भूमिकामा रहेको सट मुभी ‘टिकटक स्टार’ रिलिज भएको छ । योगेन्द्र कार्कीले निर्देशन गरेको उक्त सट मुभीमा मिराज अर्यालको लेखन/कथा रहेको सट मुभी रिमा स्टुडियो बबरमलमा बुधवार एक कार्यक्रम आयोजना गरि रिलिज गरेको हो ।

मिराज अर्यालले छायांकन, सम्पादक र भि.एफ.एक्स. गरेको उक्त मुभिमा कलाकारहरु गायिका टीका पुन, गायक अर्जुन सुनाम र सङ्गीतकार उदिराम खड्का अतिथी कलाकार रहेका छन । उक्त १७ मिनेट रहेको सट मुभी ‘टिकट स्टार’ टिकटबाट भाइरल भएको र संघर्षबाट भाइरल बिचको फरक देखाउन खोजिएको छ । पछिल्लो समय टिकटबाट भाइरल हुनेको संख्या धेरै छ।

एउटा कलाकार बन्न बर्षौको मेहनत, संर्घष, धैर्यता चाहिन्छ भन्ने हेतु लिएर यो सट मुभी बनाइएको हो । सट मुभी बुधबार युटुबमा राखिएको निर्देशक योगेन्द्रले बताएका छन । कलाकारहरुमा मनोज खड्का, अनुजा सिंह, योगेन्द्र कार्की, नोना कार्की, शान्ति भट्ट, रायन आचार्य, गणेश भट्ट र आरोहि चौलागाईं रहेका छन्।