June 23, 2021, Wednesday
२०७८ असार ९

थप १०४ जनामा कोरोना संक्रमण, ६३ जना निको

80

पछिल्लो २४ घण्टामा देशभर १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४८८ जनाको नमुना परीक्षण गर्दा ४६ महिला र ५८ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ । उनीहरुमध्ये ३ हजार १२ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

यस्तै थप ६३ जना निको भएसँगै हालसम्म २ लाख ७१ हजार ५० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ९११ रहेको मन्त्रालयले जनाएको छ ।