June 30, 2022, Thursday
२०७९ असार १७

लुम्बिनीमा दलहरूसँग छलफल गर्न कांग्रेसको कार्यदल गठन

187

लुम्बिनी प्रदेशको प्रतीपक्षी दल नेपाली कांग्रेसले सत्ता समीकरणलगायत विषयमा अरु दलसँग छलफल गर्न आज कार्यदल गठन गरेको छ ।

कांग्रेस प्रदेशसभा संसदीय दलले प्रमुख सचेतक फखरुद्दिन खानको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो ।

कार्यदलमा वीरबहादुर राना र रमा अर्याल सदस्य रहेको छ । फागुन २३ गते आएको नेकपासम्बन्धी निर्णयबाट उत्पन्न परिस्थितिबारे दलहरूसँग छलफल गर्न कार्यदल बनाइएको लुम्बिनी प्रदेशका संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले जानकारी दिए ।