January 17, 2022, Monday
२०७८ माघ ४

सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

101

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका साथै न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

संविधानको धारा १३८ बमोजिम प्रधान्यायाधीश जबराले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।