बैतडीमा हिटर बालेर सुतेका बेला निसासिएर १ जनाको मृत्यु भएको छ। जिल्लाको शिवनाथ गाउँपालिका–३ पुडिलका ३५ वर्षीय राजसिंह साउँदको हिटर बालेर सुतेका बेला निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रहरीका अनुसार बुधवार राति बन्द कोठा भित्र हिटर बालेर सुतेका साउँद र उनकी भतिजी २० वर्षीया सरिता बेहोस अवस्थामा बिहीवार बिहान फेला परेका थिए।
स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि उनीहरुलाई डडेल्धुरा लैजादै गर्दा राजसिंहको मृत्यु भएको हो भने सरिताको डडेल्धुरामा उपचार भइरहेको छ।