June 23, 2021, Wednesday
२०७८ असार ९

कर्णाली राजमार्गमा बस दुर्घटना १ को मृत्यु, १० जना गम्भीर घाइते

224

मनाेज डाँगी

कर्णाली प्रदेशको दैलेख जिल्लाको आठबिस न.पा.१ स्यालाघाट स्थित कालिकोट बाट सुर्खेत तर्फ जादै गरेको .०२००१ ख ०२४७ नम्बरकाे गाडि दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिकोटका ३८ वर्षिय जितेन्द्र बहादुर शाही रहेका छ्न । उक्त नम्बर प्लेटराखिएको गाडी अनियन्त्रित भई सडकबाट करिब .१०० मिटर तल खस्न जादा गाडिमा सवार १६ जना मध्य ७ जना गम्भीर घाईते भई उपचारको लागि उद्दार गरी अस्पतालतर्फ पठाईएको र ३ जनाको स्थानिय मेडिकलमा उपचारको लागि पठाई थप उद्धार कार्य भैइरहेको प्रहरीले बताए ।

दुर्घटनाको भएको उक्त गाडिमा सवार २१ जना यात्रुको संख्या खुल्न आएको छ ।दुर्घटनामा परेका घाईते १६ जना जसमध्ये ५ जना गम्भीर घाईते, १० जना सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक राजेश कुमार टेलीले बताएका छ्न । अहिले सम्ममा प्राप्त सुचनाअनुसार गाडीमा सवार २१ जना मध्ये १० जना गम्भीर गाईते र ५जना सामान्य घाइते र सोहि गाडिमा तिन जना नेपाल प्रहरी समेत घाइते रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक टेलीले जानकारी दिएका छ्न ।

दुर्घटनाको सम्बन्धमा थप अपडेट:-
घटनास्थल बाट उद्दार गरीएका घाईटेहरु मध्य थप १ जना जिल्ला कालिकोट नरहरिनाथ गा.पा. बस्ने बर्ष २१को कमल बि.क.उपचारको क्रममा मृत्यु भएको छ ।