June 23, 2021, Wednesday
२०७८ असार ९

भरुवा बन्दुकसहित एकजना पक्राउ

129

गोरखामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका १९ वर्षीय सन्देश गुरुङ पक्राउ परेका हुन् ।

मंगलबार साँझ उक्त क्षेत्रमा बन्दुक पड्किएको सूचनाको आधारमा सिर्दिवासबाट खटिएको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी ) प्रकाश दाहालले जानकारी जानकारी दिएका छ्न ।

गुरुङको घर खानतलासी गर्दा अवैध रुपमा राखेको भरुवा बन्दुक फेला परेको डिएसपी दाहालले बताए । पक्राउ परेका गुरुङविरुद्ध शुक्रबार हातहतियार खरखजाना अन्तरगत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरले जनाएको छ ।