June 29, 2022, Wednesday
२०७९ असार १५

पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना पुष्टि, ६६ जना संक्रमणमुक्त

257

पछिल्लो २४ घण्टामा नेपालमा थप ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४४८४ जनाको पिसिआर परिक्षण गर्दा थप ९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । यस सँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ७० पुगेको छ ।

आज ( बिहीबार) ६६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर फर्किएका छन् । यो सँगै हालसम्म डिस्र्चाज हुनेको संख्या २ लाख ७१ हजार ११६ पुगेको छ।
पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ ।