June 23, 2021, Wednesday
२०७८ असार ९

सल्यानमा पहिलो पटक सेनाको आयोजनामा ५ किलोमिटर दौड

768

महाशिवरात्री तथा सेना दिवश २०७७ को अवसरमा सल्यान जिल्लामा सल्यान रन फर फन २०७७ सम्पन्न भएको छ । सबुज गणको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा करिब ७०० जना ब्यक्तिहरुको सहभागितामा रहेको थियो । जिल्लामा पहिलो पटक संचालन गरिएको ५ किलो मिटर दौडमा उत्साहपुर्ण सहभागिता रहेको थियो ।

उक्त दौड प्रतियोगितामा १९ नम्बर बाहिनीपति सहायक रथी मदन कुमार केसी , सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई , शारदा नगरपालिकाका मेयर सुरेश अधिकारी , बाघचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकी तथा सबुज गणका गणपति कञ्चन कृष्ण बस्नेतको उपस्थिती रहेको थियो ।


४ वटा विधा समावेश गरि संचालन गरिएको उक्त दौड प्रतियोगितामा प्रत्येक बिधामा प्रथम ,द्धितिय र तृतिय हुने महिला तथा पुरुषलाई मेडल , प्रमाणपत्र तथा नगद पुरस्कार साथै प्रायोजकहरुलाई कदरपत्र तथा मोमेन्टो बितरण गरिएको थियो । यस किसिमका कार्यक्रमहरुले नागरिक सैनिक सम्बन्ध थप प्रगाढ बनाउन मद्दत पुग्ने बिश्वास सेनाले लिएको छ ।