June 23, 2021, Wednesday
२०७८ असार ९

काठमाडौमा एक डान्सबार बाट नक्कली नोटसहित दुईजना पक्राउ

104

काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित आयुष डान्सबारबाट १ हजार दरका १ सय ६३ थान गरी जम्मा १ लाख ६३ हजार नक्कली नेपाली रूपैयाँ सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक गोल्चे गाउँपालिका-३ घर भएका २१ वर्षीय बिजय तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका-४ घर भई काभ्रे बनेपा बस्ने ३० वर्षीय धुर्ब श्रेष्ठ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नक्कली नोट सहित उक्त डान्सबारमा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।