June 23, 2021, Wednesday
२०७८ असार ९

लागुऔषधसहित प्रहरी जवान पक्राउ

271

रौतहटमा लागूऔषधसहित एक प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीमा कार्यरत प्रहरी जवान कमल धामी रहेका छन् । उनीसँगै मोटरसाइकलमा सवार रौतहट चन्द्रपुर नगरपालिका–३ गैंडाटारका सत्यनारायण कुमरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूराकीको आधारमा चन्द्रनिगाहपुर बजार क्षेत्रमा ना ५८ प ९५४८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ९ सय थान लागूऔषध नाइट्राभेट फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकोको छ । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको ।

Recent Update