सरस्वती गुरुङ
अभिमान हैन स्वाभिमान हुनुपर्छ नारी
अन्याय विरुद्धको पहिचान हुनुपर्छ नारी ।
छाडा दुनियाँ भित्रको सारा सम्बन्ध तोडेर
आफ्नै अस्तित्वमा बलवान् हुनुपर्छ नारी ।
कुसंस्कारको विचार सबैभन्दा माथि उठेर
समाजकी उच्च उडान हुनुपर्छ नारी ।
उन्नति खराब कार्य गर्नेहरुको विरुद्धमा उभिएर ।
सही मार्ग दिने संविधान हुनुपर्छ नारी ।
-सरस्वती गुरुङ
कटारी, उदयपुर, हाल साइप्रस