June 29, 2022, Wednesday
२०७९ असार १५

नयाँ सरकार बनाउन नेपाली काँग्रेसका सभापति देउवाको सक्रियता

145

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेतालाई बूढानीलकण्ठ बोलाएका छन् ।

सत्ता समीकरणबारे छलफलका लागि शुक्रबार ४ बजे आफ्नो निवास बूढानीलकण्ठमा देउवाले जसपाका नेताहरुसँग छलफल गर्ने भएका हुन् । दिउँसो ३ बजे पार्टी पदाधिकारी एवं पूर्व पदाधिकारीहरूलाई सभापति देउवाले बूढानीलकण्ठ बोलाएका छन।

सत्ता समीकरणमा निर्णायक बनेको जसपासँग छलफलले नयाँ सरकार निर्माणका लागि छलफल गर्न बोलाएको बुझिएको छ । विहीबार प्रधानमन्त्री ओलीले जसपा नेताहरुसँग छलफल गरेपछि देउवाले पनि आज छलफल गर्न लागेका हुन् ।