June 29, 2022, Wednesday
२०७९ असार १५

नेकपा एमालेको केन्द्रीय कमिटी विस्तार गर्ने तयारीमा ओली

155

प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य थप्ने तयारी गरेका छन् ।

पार्टीमा आफु थप बलियो हुन उनले एकपक्षीय रुपमा केन्द्रीय सदस्य थप्न लागेका हुन् । स्रोतका अनुसार २३ जना केन्द्रीय सदस्य थप्ने तयारी भइरहेको छ । त्यमा माओवादी छाडेर एमालेमा आएका नेताहरु समेत छन् । गृहमन्त्री रहेका बादललाई कुन पद दिने भन्नेबारे समेत छलफल भइरहेको छ ।
यसका लागि उनले शुक्रबार बालुवाटारमा आफु निकट नेताहरुसँग छलफल गरिरहेका छन् । सर्वाेच्च अदालतले नेकपाको एकता बदर गरी एमाले र माओवादी केन्द्र ब्युँताएपछि ओली उत्साहित छन्