June 23, 2021, Wednesday
२०७८ असार ९

दाङमा एक शिक्षक विरुद्ध बाल यौन दुरुपयोग मुद्दा दर्ता

179

दाङ एक शिक्षक विरुद्ध मुद्दा दर्ता भएको छ । जिल्लाको तुलसीपुरका एक शिक्षक विरुद्ध बाल यौन दुरुपयोग सम्वन्धी मुद्दा दर्ता भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक पदम बहादुर वली विरुद्ध बाल यौन दुरुपयोग सम्बन्धी मुद्दा दर्ता भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पीडितको जाहेरीको आधारमा उनी विरुद्ध मुद्दा दर्ता भएको हो । विद्यालयका दुई छात्रामाथि यौजजन्य दुव्र्यवहार गरेको आरोपमा ती शिक्षकलाई बुधवार विद्यालयबाटै पक्राउ गरिएको थियो । उनलाई कक्षा ६ मा अध्ययनरत दुई छात्रामाथि गरेको यौनजन्य दुव्र्यवहार गरेको आरोप लागेको छ ।