June 23, 2021, Wednesday
२०७८ असार ९

रुकुम प्रहरी गाउँ गाउँमा आत्मा हत्या न्यूनीकरण बारे सचेतना फैलाउदै

273


मनोज डाँगी

रुकुम पश्चिम प्रहरीले गाउँ गाउँमा आत्माहत्या न्यूनीकरणकाे लागि सचेतनामूलक अभियान सुरु गरेको छ।यसकाे आयाेजक जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुम आफै छ।धेरै आत्माहत्या हुने जिल्लामा विगतको तथ्यांकले पनि रुकुम अग्र स्थानमा रहन्छ ।यहि अवस्थालाई न्यूनीकरण गर्न प्रहरीले विभित्र सराेकारवालापक्ष सँग सहकार्य गरेर यस्तो अभियान संचालन गर्दै आएको छ ।

विगतमा आत्मा हत्या बाट प्रभावित ठाउँ लगाएत अन्य स्थानमा प्रहरीले याे अभियानलाई अगाडि बढाएको हाे ।यसकै निरन्तरता स्वरुप मुसीकोट नगरपालिका वडा नम्बर ९ झुल्खेत स्थित वडा कार्यालयको सभाहलमा यस्तै एउटा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएकाे छ ।

प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैह्रेकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा लक्षित समुहको सहभागीता रहेको थियोे ।कार्यक्रमकाे सहजिकरण जिल्ला स्थित सरकारी निकायका अधिकारीहरु समेतले गरेका थिए । सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता रुद्र प्रसाद पन्ती, जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुव कुमार श्रेष्ठ, सशस्त्र प्रहरी बल नं.४७ गुल्म रुकुम पश्चिमका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक प्रेम सिंह धामी राष्ट्रिय अनुसन्धानका अधिकृत पवन जोशी, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु सहभागी थिए । कार्यक्रममा विभिन्न वडा क्षेत्रका महिला तथा पुरुष ६० देखी ७० जनाको सहभागीता रहेको प्रहरी निरिक्षक कपिल शाहीले बताए ।