June 23, 2021, Wednesday
२०७८ असार ९

रुकुम पश्चिमका मृगौला पिडित रुद्रलाई उपचारमा सहयोग गर्न अभियान सुरु

176

मनाेज डाँगी

रुकुम पश्चिम सानिभेरि गाउपलिका वडा नम्बर ८का ४१ रुद्र बुढाथोकी बिगत ३ बर्ष देखि दुबै मिर्गौला फेल भैइ थलिएका छन ।दुवै मृगौला फेल भएपछि बाच्नलाई उनलेे भएको जायजेथा सम्पत्ति सबै खर्च गरिसकेका छन ।अझै उनलेे याे राेग बाट मुक्ति पाएका छैनन् ।

पटकपटक उपचार गराउदा भएको सबै सम्पत्ति समाप्त भएपछि रुद्र सँगै उनको परिवारकाे समेत अवस्था बिचल्लीमा परेको छ ।काठमाडौकाे टिचिङमा नियमित उपचार गराइरहेका बुढाथाेकिले आफुलाई थाेरै भएपनि सहयोग गर्न सबैलाई आग्रह गरेका छन ।भारतमा मजदुरी गरेर परिवार पाल्दै आएका उनका ६ वटी छाेरी छिन ।अहिले ती सन्तानको समेत बिचल्ली भएको छ।

रुद्र आफैमा त्यस्तो अवस्थामा छन ,उसैमा ठुलो परिवारलाई दैनिक छाकटार्न धाै धाै छ छिमेकीहरु बताउछन् ।हाल काठमाडौं को टिचिङ अस्पतालमा निरन्तर उपचार गराइरहेका रुद्र खर्च एकदम महंगो भएको कारण थप उपचार र चेकजाँच गर्न समेत जान नसक्ने बताउँछन । यहि अवस्थालाई मध्यनजर गर्दै दक्षिण काेरियामा विनाेद बिसीकाे अग्रसरतामा सहयोग संकलन अभियान सुरु गरिएको छ ।

दक्षिण काेरियामा सहयोग गर्नकाे लागि तलकाे विवरणमा सम्भव हुनेछ ।
सहयोग रकम जम्मा गर्नको लागि
खाता नम्बर : 3120207100241
NAME:BUDHATHOKI BINOD
BANK: NH
CODE:011
CONTACT NO:01075269414