June 23, 2021, Wednesday
२०७८ असार ९

नेपाल प्रहरी कार्यालय सहयोगीको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशित, विस्तृत हेर्नुस्

568

प्रहरी कार्यालय सहयोगी पदको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्ता परीक्षा सम्बन्धी सूचना आज प्रकाशित भएको छ ।

प्रहरी कार्यालय सहयोगी पदमामा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयले २०७७/७/२१ गते विज्ञापन गरेको थियो।

प्रदेश प्रहरी तालिम केन्द्रहरू र महानगरीय प्रहरी शिक्षालयमा प्रयोगात्मक परीक्षा संचालन भएको थियो । उक्त प्रयोगात्मक परीक्षामा ४४५ जनाको नाम निस्किएको छ ।

प्रहरी प्रधान कार्यलय मानवस्राेत एवं प्रशासन विभागका अनुसार माली/बगैंचेमा १५ जना, भान्छेमा ३१५, हजाममा १७, सिलाई बुनाईमा २४, कुचिकारमा ५६, खेलाडीमा १८ जना छनोट भएका छन् ।

अन्तर्वार्ता चैत्र ३ गते मंगलबार बिहान ७ बजेदेखि हुने प्रहरी प्रधान कार्यलयले जनाएको छ । अन्तर्वार्ता महानगरीय प्रहरी शिक्षालयमा महाराजगंज र  प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, राजविराज, दुधौली पोखरा, बुटवाल, नेपालगञ्ज दिपायलमा हुने छ ।

नतिजाको विस्तृत विवरण यसमा छ ।www.nepalpolice.gov.np