June 23, 2021, Wednesday
२०७८ असार ९

रुकुम पश्चिमका मानसिंहले कायम गरे विश्व रेकर्ड

381

एउटै औंलामा लामो समय किताब घुमाएर रुकुम पश्चिमका एक युवाले विश्व रेकर्ड कायम गरेका छन् ।आठबीसकोट नगरपालिका ११ का शिव बहादुर ओलीका छाेरा २० वर्षीय मानसिंह ओलीले १ किलो २ सय ग्राम तौलको किताब सबैभन्दा लामो समय हातको एउटा औंलामा घुमाएर विश्व रेकर्ड कायम गरेका हुन ।

डिप्लोमा इन जिओम्याट्रिक तेस्रो वर्षमा अध्ययनरत उनले ‘Longest time spinning a Guinness World Records book on one finger’को टाइटल जितेका हुन । यस अघिको रेकर्ड तोड्दै ओलीले नयाँ रेकर्ड बनाएका हुन । ओलीले उक्त किताब ३ घण्टा ४० मिनेट ४ सेकेण्ड घुमाएका थिए ।भिडियो