June 23, 2021, Wednesday
२०७८ असार ९

काेहलपुरका डिएसपी खनाल नेतृत्वकाे अप्रेसन, हात हतियार सहित एक जना पक्राउ

373

बाँकेमा अत्याधुनिक हातहतियार सहित राप्ती सोनारी ५ जबरपुरबाट माओवादी क्रान्तिकारी पार्टीका केन्द्रिय नेता पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरको विशेष टोलीले माओवादी क्रान्तिकारी पार्टीका केन्द्रिय नेता ॠषिराम थारुलाई उनकै घरबाट पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएस्पी रबिन्द्र खनालको नेतृत्वमा खटिएको प्रहरीको विशेष टोलीले शनिबार बिहान ९ बजे थारुको घरमा छापा मारेको थियो । थारुलाई पक्राउ गर्न पुगेको प्रहरीले उनको घरबाट अत्याधुनिक हतियार समेत बरामद गरेको जनाएको छ ।

प्रहरीले उनको घरबाट २ थान भरुवा बन्दुक, छोरा ओमप्रकाश थारुको घरबाट १ थान बारबोर बन्दुक र उनका भाई लालबहादुर थारुको घरबाट १ थान कटुवा पेस्तोल, त्यसमा लाग्ने बारुद १ किलो, सटगनमा लाग्ने खोका ५० वटा र सटगण जेगिराउन्ड १ थान बरामद गरेको जनाएको छ ।त्यसैगरी ३ थान जरायोको सिंह, बदेलको दात १० वटा, चितलको दात ४ वटा र दुम्सिको प्वाँख समेत फेला परेको प्रहरीले जनाएको छ ।