June 23, 2021, Wednesday
२०७८ असार ९

माओवादी केन्द्रको बैठकले आज २३ नेतालाई कारबाही गर्दै

243

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (आईतबार) बस्दै छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने केन्द्रीय कमिटी बैठकले नेकपा एमालेमा गएका नेताहरूलाई कारवाहीको निर्णय गर्ने सम्भावना रहेको छ ।माओवादीबाट एमालेमा गएका रामबहादुर थापा बादलसहितका नेतालाई शनिबार बसेको केन्द्रको स्थायी कमिटी बैठकले २४ घण्टे स्पष्टिकरण सोधेको थियो। सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरूलाई फिर्ता आउन समेत भनेको छ ।

शनिबार (हिजो) बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आज चैत १ गते केन्द्रीय समितिको बैठक राख्ने तर भोलि चैत २ गते गर्ने भनिएको राष्ट्रिय कार्यकर्ता भेला भने स्थगन गर्ने निर्णय गरेको थियो।
नेकपा एमालेले तत्कालीन नेकपा माओवादीका २३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको थियो । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि कानुनबमोजिम उनीहरुको सांसद पद गुम्ने देखिएको छ ।नेकपा एमालेले तत्कालीन नेकपा माओवादीका २३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको थियो । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि कानुनबमोजिम उनीहरुको सांसद पद गुम्ने देखिएको छ ।