June 23, 2021, Wednesday
२०७८ असार ९

८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ

185

मोरङमा ८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा रतुवाई नगरपालिकाका ६६ वर्षीय फौदीलाल मुखिया रहेका छन् ।प्रहरीका अनुसार घाँस काट्न गएकी ८ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई शनिबार पक्राउ गरिएको हो ।


बालिकाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । राईका अनुसार घटना शुक्रबार दिउँसो करिब ३ बजेतिरको हो । सुस्तमनस्थितिकी बालिका बोल्न सक्दिनन् । घाँस काट्न उनीसँगै गएका बहिनीहरुले दिदीमाथि करणी भएको देखेपछि घटना बाहिर आएको हो ।पक्राउ परेका वृद्धमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक राईले जानकारी दिए ।