June 23, 2021, Wednesday
२०७८ असार ९

जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

182

जबरजस्ती करणी गरेको आरोपमा स्याङजाका एकजना युवक पक्राउ परेका छन् ।१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका-७ का ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेका हुन् ।

थापाले बालिकालाई जबरजस्ती करण गरी गर्भवतीसमेत गराएको भनी उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख, एसपी होबीन्द्र बोगटीले जानकारी दिए ।