June 23, 2021, Wednesday
२०७८ असार ९

आज सुनकाे भाउ स्थिर

166

सुनको भाउ आज स्थिर छ ।आज हिजो जस्तै आज सुन तोलाको ८६ हजार ६ सय रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँ तोकिएको थियो  ।आज चाँदीको भाउ भने सामान्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १२ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।