June 23, 2021, Wednesday
२०७८ असार ९

बलात्कारको झुठो आरोप लगाएर बयान फेर्ने महिलालाई साढे तीन वर्ष जेल

249

जिल्ला अदालत सुर्खेतले बलात्कारको झुठो आरोप लगाउने महिलालाई साढे तीन वर्षको कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले सोमबार आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई तीन वर्ष ६ महिना कैद सजाय तोकेको हो ।

वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । अदालतका अनुसार आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी ती महिलाले नै अदालतमा बयान फेरेकी थिइन् ।उनलेे बयान फेरेपछि अदालतले यस्तो निर्णय गरेको हाे ।