June 23, 2021, Wednesday
२०७८ असार ९

नि:शुल्क प्रमाणित हुने काममा प्रहरी निरिक्षकले सेवाग्राही सँग दश हजार घुस मागेपछि ………

311

दुर्घटना प्रमाणित गरिदिन सल्यानमा एकजना प्रहरी अधिकारीले १० हजार घुस मागेकाे खबर सार्वजनिक भएको छ।निशुल्क रुपमा प्रमाणित हुने उक्त काममा इलाका प्रहरी कार्यालय लुहामका प्रमुख इनिस्पेक्टर श्याम कुमार यादवले १० हजार घुस मागेको उजुरी पिडितले जिल्ला प्रहरी कार्यालय सल्यानमा हालेका छन ।

फागुन २ गते कपुरकाेट गाउँपालिका ३ तल्लाे बजारमा भएकाे बस दुर्घटनाकाे प्रमाणित गरिदिन् आफुबाट १० हजार रकम मागेकाे भन्दै नव कान्तिपुर भलाइ तथा ईन्भेष्टमेन कम्पनी प्रालि दाङ शाखाका प्रमुख महेन्द्र महराले जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख समक्ष उजुरी दिएका छन ।

पटकपटक काम अल्झाइदिएकाे र साेमबार खुलेयाम आफुसँग रकम मागेको महराले बताएका छन ।रकम नदिएको कारणले कागजमा हस्ताक्षर पनि उनलेे नगरिदिएकाे पिडितले भने ।उजुरी परेकाे र उनिमाथी थप अनुसन्धान भैरहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गाेविन्द थापाले बताए ।निजलाई अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालय सल्यानमा झिकाइएको छ ।