June 23, 2021, Wednesday
२०७८ असार ९

सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जना को मृत्यु, ७ जना घाइते

101

 

सिन्धुलीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुलीको सदरमुकामबाट कमलामाई नगरपालिका-७ बाँसकटेरी गइरहेको बा १७ च १११७ नम्बरको जिप अर्चले भन्ने ठाउँ दुर्घटना हुँदा अन्य सात जना घाइते भएका छन् ।

कमलामाई नगरपालिकाका नगरप्रमुख का अनुसार कमलामाई- ७ का ६५ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीया रीता यसमाली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उनको दुई वर्षका छोरा मनिष श्रेष्ठको मृत्यु भएको छ ।

घाइते भएका सात जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । पाँच जना सामान्य घाइतेलाई जिल्ला अस्पताल सिन्धुली ल्याइएको छ । गम्भीर अवस्थामा रहेका दुई जनालाई काठमाडौं पठाइएको छ ।